न्हिन्बा समुदायले मनायो ल्होसार । ग्याल्पो ल्होसारको तेस्रो दिन आज हुम्लाको न्हिन्बा समुदायले काठमाडौंको बौद्धमा धुमधामका साथ ल्होसार मनाएका छन्। अल्पसंख्यक न्हिन्बा समुदायका मानिसहरू आफ्नो समुदायको पहिरनमा सजिएर बौद्ध स्तुप परिक्रमा गर्दै पूजापाठ गरी ल्होसार मनाएका हुन्। तस्बिर
'केपी ओली कप' हेर्न एन्फा पुगे ओली । 'केपी ओली कप २०२३' राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ। खेल हेर्नको लागि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली एन्फामा पुगेका छन्। तस्बिर: निशा भण्डारी
वाल्मीकि आश्रमलाई जोड्ने झोलुङ्गे पुल । नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल। नारायणी नदीपारि चितवनको माडीमा पर्ने वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जानका लागि पुल निर्माण गरिएको हो। हाल वाल्मीकि आश्रम भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेको छ। त्रिवेणीमा निर्माण गरिएको झोलुङ्गे पुल निकुञ्जका कारण अझै सञ्चालनमा आउन सकेको छैन। तस्बिर: दयाराम आचार्य/रासस
पानी नपर्दा खेतबारी बाझै । नुवाकोटको उच्च भेगीय क्षेत्र किस्पाङ गाँउपालिका–४ साल्मेमा सिँचाइ अभावले बाझै रहेको खेतबारी। अघिल्ला वर्ष माघ महिनामा नै मकै लगाइसक्ने यहाँका उर्बर खेतीबारी यो वर्ष हिउँदे वर्षा र हिउँ नपर्दा बाझै छ। तस्बिर: रामहरि न्यौपाने/रासस
प्रधानमन्त्री दाहालसँग विश्वकप लिग-२ का विजेता खेलाडी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बालुवाटारमा आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई बोलाएर बधाई दिएपछि प्रम दाहालसँग खेलाडीहरू। तस्बिरः प्रधानमन्त्रीको सचिवालय