आजका तस्बिर- फागुन ८
आजका तस्बिर- फागुन ८
सामूहिक पूजा ।  ग्याल्पो ल्होसारको पूर्वसन्ध्यामा काठमाडौंको बौद्धस्थित एक गुम्बामा सामूहिक पूजामा सहभागी बौद्ध धर्मावलम्बीहरू। अघिल्लो वर्षभरिको बाँकी रहेको ग्रह दशा नयाँ वर्षमा प्रवेश गर्न नपाओस् भनेर ग्रह काट्नको लागि गुम्बामा भेला भई सामूहिक पूजा गर्ने गरिन्छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन ८
२०० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाललाई २०० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका छन्। स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमबीच उक्त मेसिन हस्तान्तरण गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन ८
घोराही महोत्सवमा अल्लोका सामग्री ।  घोराही महोत्सवमा बिक्रीका लागि राखिएको अल्लोबाट बनेका सामग्री। तस्बिर: दीपक बोहरा/रासस
आजका तस्बिर- फागुन ८
भैरव कुण्ड ।  सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड। जाडोमा यो ताल जम्ने गर्दछ। यहाँबाट विभिन्न हिमालहरूको दृश्य नियाल्न सकिन्छ। तस्बिर:देवराज सुवेदी/रासस
आजका तस्बिर- फागुन ८
परम्परागत माहुरीका घार ।  दाङ तुलसीपुर–१९ छिल्लीकोटका किसानले माहुरी पालनमा प्रयोग गरिएका परम्परागत घार। यस्ता घार गाउँघरमा मात्रै देख्न सकिन्छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्