आजका तस्बिरहरू- फागुन ५
आजका तस्बिरहरू- फागुन ५
सिरूबारीमा पर्यटन मन्त्रीको नाचः ।  नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीमा पर्यटनको रजत महोत्सव कार्यक्रम मनाउन बिहीबार पुगेका पर्यटन मन्त्री सुदन किराँती साँझ गाउँलेसँग नाच्दै। साथमा इन्द्रेणीका कलाकार कृष्ण कँडेल र गाउँकी अगुवा उर्मिला गुरुङ। क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवंम् अगुवाईमा स्याङ्जाको सिरुबारीमा वि.सं. २०५४ सालदेखि सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटन शुभारम्भ भएको थियो। सिरुबारी ग्रामीण पर्यटन पाठशालाको रुपमा स्थापित छ। पर्यटन २५ वर्षमा पुगेका अबसरमा शुक्रबार र शनिबार धुमधामसँग रजत महोत्सव मनाइँदैछ। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- फागुन ५
पूजाका सामग्री बेच्दै ।  असनमा पूजाका सामग्री बेच्न राखेर हिसाब गर्दै एक व्यापारी। तस्बिरः मन्दिरा घिमिरे/सेतोपाटी
आजका तस्बिरहरू- फागुन ५
शिवरात्रीको अवसरमा झिलिमिली हाल्दै ।  बसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरमा शिवरात्रीको अवसरमा झिलिमिली हाल्दै। तस्बिरः मन्दिरा घिमिरे/सेतोपाटी
आजका तस्बिरहरू- फागुन ५
बिक्रीका लागि राखिएका अल्लोबाट निर्मित सामग्री ।  दाङको घोराही –१४ मा सञ्चालित प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेलामा बिक्रीका लागि राखिएका अल्लोको धागोबाट निर्मित सामग्री। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिरहरू- फागुन ५
गाँजा तान्दै साधु ।  महाशिवरात्री पर्वका लागि काठमाडौंको पशुपति क्षेत्रमा आएका साधुहरु पशुपति परिसरमा गाँजा तान्दै। तस्बिरः विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्