आजका तस्बिरहरू- फागुन ४
आजका तस्बिरहरू- फागुन ४
खिचिक्क ।  बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवर्द्धन हुने गरी काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको धाप र नागमती ड्याममा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- फागुन ४
परम्परागत ढुंगाको छानो भएको पसगाउँ ।  लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित परम्परागत ढुंगाको छानो भएको पर्यटकीय पसगाउँ। यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरू आकर्षित हुने गरेका छन्। तस्बिर: जनक श्रेष्ठ/रासस
आजका तस्बिरहरू- फागुन ४
हिमालको काखमा रमाउँदै बालबालिका ।  जाडो बिदा सकिएलगत्तै मनाङका तल्लो भेगका विद्यालयमा पठनपाठन सुरू। चामे गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत विद्यालयका बालबालिका र पृष्ठभूमिमा मनास्लु हिमाल। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिरहरू- फागुन ४
लोप हुन थालेको थारू समुदायको छोकरा नाच ।  दाङको घोराही–१४ झिगौरामा बुधबारदेखि सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेला उद्घाटन समारोहमा थारू समुदायको लोप हुन थालेको छोकरा नाच देखाउँदै कलाकार। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिरहरू- फागुन ४
महादेवको मन्दिर दुलहीझैं सिँगारिँदैे ।  महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वर महादेवको मन्दिर महाशिवरात्री पर्वको लागि दुलहीझैं सिँगारिँदै। तस्बिर: सञ्जीतकुमार मण्डल/ रासस
प्रतिक्रिया दिनुहोस्