आजका तस्बिरहरू- फागुन २
आजका तस्बिरहरू- फागुन २
सर्वसाधारणलाई सास्ती ।  काठमाडौं उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन नचलेपछि पैदलनै हिँडेर गन्तब्यतिर जाँदै गरेका यात्रु। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- फागुन २
विकेटको खुसीः ।  नामिबियाविरूद्ध पहिलो विकेट लिएपछि खुसी मनाउँदै सोमपाल कामी। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरहरू- फागुन २
हेल्मेट सुरक्षा ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र नामिबियाको खेल हेर्न आएका दर्शकहरूको हेल्मेटको सुरक्षा गर्दै एक महिला। उनले एउटा हेल्मेट राखेवापत ५० रूपैयाँ लिने गरेको बताइन्। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरहरू- फागुन २
राष्ट्रपति आउने भएपछि ।  पाँच वर्ष पहिले निर्मित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पताल बेलझुण्डी दाङको भवन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ आउने भएपछि सजावटको काम गरिँदै।तस्बिर: नारायण खड्का/सेतोपाटी
आजका तस्बिरहरू- फागुन २
बतख प्रजातीका जलपंक्षी ।  कञ्चनपुर बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका बतख प्रजातिका जलपंक्षी। तालको उचित संरक्षण नहुँदा यहाँ आउने जलपंक्षीको सङ्ख्या केही वर्षयता घट्दै गएको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरू,रासस
प्रतिक्रिया दिनुहोस्