आज २८ औं जनयुद्ध दिवस । जनयुद्धको २८ औं वार्षिकोत्सवको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडास्थित सहिद स्तम्भमा अभिवादन गर्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
फागुन १ गते सार्वजनिक बिदा खारेज गर्न माग गर्दै प्रदर्शन। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले 'जनयुद्ध दिवस' को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तस्बिर: निशा भण्डारी । बिदा खारेज गर्न माग गर्दै प्रदर्शन
यातायात मजदुरले जलाए प्रहरी भ्यान । बालाजुमा आन्दोलित यातायात मजदुरले प्रहरी भ्यान जलाएका छन्। नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका थिए। आन्दोलनले उग्र रूप लिएपछि बालाजु क्षेत्र तनावग्रस्त छ। तस्बिर: नवीनबाबु गुरूङ
नारच्याङ झरना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना। कुमारी झरनाको रूपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने पर्यटकको भीड लाग्ने गर्छ। तस्बिरः ध्रुवसागर शर्मा/रासस
आकाशमा उड्दै चराको झुण्ड । कञ्चनपुरको बेलौरी नगरपालिकाको पुरैना तालको सीमसार क्षेत्रको आकाशमा उड्दै गरेका घोंघीफोड चराको झुण्ड। आगन्तुक घोंघीफोड लगायतका चराको ताल क्षेत्रमा चहलपहल बढेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस