मोबाइल फोन हेर्दै बाबाजी! । शिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा देखिएका एक बाबाजी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
चोभार सुख्खा बन्दरगाह । काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह। उक्त बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिन भित्रमा सञ्चालन हुने भएको छ। तस्बिर:विमलबहादुर विष्ट/रासस
राष्ट्रपति भण्डारीले गरिन् नृत्य अवलोकन । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको दिवाभोजमा सशस्त्र प्रहरी बलका कलाकारहरूले प्रस्तुत गरेको नृत्य अवलोकन गर्दै राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत विशिष्ट अतिथिहरू। तस्बिरः प्रदीपराज वन्त, रासस
घाँसको भारी बोकेका महिला । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका महिला गाईवस्तुका लागि घाँसको भारी बोकेर घरतर्फ जाँदै। तस्वीर:राजेन्द्रप्रसाद पनेरु,रासस