सिरुबारीमा पर्यटक: । सामुदायिक होमस्टे सुविधासहितको नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जाको सिरुबारीमा पोखराबाट घुम्न आएका नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका शिक्षक तथा विद्यार्थीहरु। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङले जन्मथलोमा पर्यटनको शुभारम्भ गरेका थिए। यतिबेला सिरुबारी पर्यटनको रजत महोत्सव मनाइरहेको छ। तस्बिर- सेतोपाटी
मादल बनाउँदै । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटास्थित सडक किनारामा बसेर मादल बनाउँदै भारतीय व्यापारी। मादल बेच्नका लागि प्रत्येक वर्ष भारतबाट आउने गरेका व्यापारीहरूले विगत केही वर्षदेखि मादलको माग घटेको बताउँछन्। तस्बिरः माधव बेल्वासे/रासस
फूलको सजावट । फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीले धरानमा बुधबारदेखि सञ्चालन गरेको पुष्प प्रदर्शनी मेलामा सजाएर राखिएको फूल। तस्बिरः देवेन्द्र कार्की/रासस
काजी कालु पाण्डे समाधिस्थल । चन्द्रागिरि नगरपालिका–१ को पर्यटकीयस्थल हो काजी कालु पाण्डे समाधिस्थल। नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। यस समाधिस्थलमा पर्यटकहरू आउने गर्छन्। तस्बिर:हरिराम भेटुवाल/रासस
मध्यपहाडी राजमार्गमा भेंडाको बथान । मध्यपहाडी पुष्पलाल राजमार्गको निसीखोला गाउँपालिका र पूर्वी रूकुमको सीमाना पातीहाल्ने नजिकै चरनका लागि जंगलतर्फ जाँदै भेंडाको बथान। तस्बिर: खेमराज गौतम/रासस