सेनाले बनाएको शिव प्रतिमा । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
संरक्षित पुरानो घर । बागलुङ बजारभित्र संरक्षित सय वर्षभन्दा पुरानो घर। पछिल्लो समय सहरीकरणले बागलुङ बजारमा पुराना घर देख्नै मुस्किल छ। तस्बिर: खेमराज गौतम/रासस
ठेकीको व्यापार । दमकको बसपार्कस्थित सडक किनारमा व्यवसायीले बिक्रीका लागि राखिएको काठबाट निर्मित ठेकी। तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस
झोला नहुँदा किताबकापी टाउकामा । सुर्खेतको सिम्ता गाउँपालिका–१ मा रहेको श्री सूर्यज्योति मावि सुन्तोलाका विद्यार्थीहरू झोला नहुँदा किताबकापी टाउकामा राखेर जाँदै। परिवारको आर्थिक अवस्था कमजोर हुँदा अधिकांश विद्यार्थी हात र टाउकामा किताबकापी बोकी विद्यालय जाने-आउने गर्दछन्। तस्बिर: सुरेश आचार्य/रासस