आजका तस्बिर-माघ २०
आजका तस्बिर-माघ २०
तेलको व्यापार ।  काठमाडौंको बागमती नदी करिडोरमा खर्पनमा तेल बोकेर बेच्न हिँड्दै गरेका एक व्यापारी। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-माघ २०
प्याराग्लाइडिङको परीक्षण उडान ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्दै। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवलोकन गर्ने गरी व्यावसायिक प्याराग्लाइडिङ सुरू गरिएको छ। तस्बिर:सुरेश आचार्य/रासस
आजका तस्बिर-माघ २०
राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन ।  भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्। टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। तस्बिर: राजेश घिमिरे
आजका तस्बिर-माघ २०
आमाको माया! ।  मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ विष्टवाडा गाउँकी रमिला रावल आफ्नी छ महिने छोरीलाई भारीमाथि बोकेर घरतर्फ जाँदै। मुगुका अधिकांश महिलाहरू घर र सन्तानको दुवै जिम्मेवारी वहन गर्दैआएका छन्। तस्बिर:नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर-माघ २०
जोखिम मोलेर अस्थायी पुलबाट आवतजावत ।  जोखिम मोलेर कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट मोटरसाइकल गन्तव्यतर्फ जाँदै नागरिक। शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारी साधन आवतजावत गरेबापत शुल्क तिर्दै आएका छन्। सो पुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भए पनि पुल निर्माण कार्य अलपत्र परेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर-माघ २०
आशाको ज्योति ।  विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा ललितपुरमा द्वीप प्रज्वलन गरिएको छ। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा आशाको लागि ज्योति भन्ने नारासहित क्यान्सरको जनचेतना जगाउन ललितपुर महानगरपलिका प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्