ब्याटिङ्ग गर्दै मुख्यमन्त्री रावल । महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
मनोरम मार्फा गाउँ । हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा। बेनी-जोमसोम-कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि अवलोकन गर्ने गर्दछन्। तस्बिर: सुशीलबाबु थकाली, रासस
परेवालाई चारो । विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल पाटन दरबारको कृष्णमन्दिर प्राङ्गणमा परेवालाई चारो दिँदै सर्वसाधारण। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
भलिबल । पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबबिचको पोखरा रंगशालामा शनिबार आयोजित फाइनल खेल हेर्दै दर्शक। तस्बिरः धनबहादुर गुरुङ, रासस
मनोरम बल्थली फाँट र बस्ती । काभ्रेको पनौती नगरपालिका–११ स्थित बल्थलीको सुन्दर फाँट र बस्ती। यो फाँटमा अहिले स्थानीयले आलु रापेका छन्। तस्बिर: राजकुमार पराजुली, रासस