बालुवाटारमा राजीनामा दिन जाँदै रवि लामिछाने । रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्। लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
गृह मन्त्रालयबाट बाहिरिए रवि लामिछाने । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। सर्वोच्चले सांसद पद खारेज गरेसँगै उनी मन्त्रालयबाट बाहिर निस्केका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
बोटमै रहे जुनार र सुन्तला । सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला। तस्बिरः राधिका बुढाथोकी/रासस