आजका तस्बिर- माघ २
आजका तस्बिर- माघ २
उद्धार अभ्यास ।  प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र विराटनगर महानगरपालिकाद्वारा संयुक्त रूपमा २५ औं भूकम्प सुरक्षा दिवसको अवसरमा सोमबार विराटनगर–२ स्थित खुला मैदानमा ‘कृत्रिम घटना उद्धार अभ्यास’ गरिँदै। तस्बिरः मनोज दाहाल/रासस
आजका तस्बिर- माघ २
होरे कापे खेल्दै युवा ।  होरे कापे खेल्दै निसीखोला गाउँपालिका–६, भल्कोटका युवा। यहाँका आदिवासी जनजाति समुदायका युवा माघे सङ्क्रान्तिका अवसरमा तीन दिन होरे कापे खेल्ने गर्छन्। तस्बिर: डम्मर बुढा मगर/रासस
आजका तस्बिर- माघ २
दुई प्रदेश जोड्ने पुल ।  सुर्खेतको पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटस्थित कर्णाली नदी माथिको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने पुल। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- माघ २
लुकुम गाउँ ।  पूर्वी रूकुमको भूमे गाँउपालिका–१ स्थित लुकुम गाउँ। मध्यपहाडी लोकमार्ग छेउमै रहेको यो गाउँ पर्यकीय गन्तव्य बनेको छ। तस्बिर: डम्मर बुढा मगर/रासस
आजका तस्बिर- माघ २
नमोबुद्ध गुम्बा ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल नमोबुद्ध गुम्बा। नगरपालिकाले नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थप पहल थालेको छ। तस्बिरः पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्