माघी मनाउँदै । माघी मनाउन आफ्नो सांस्कृतिक पोशाकमा सजिएकी थारु युवती। तस्बिरः निशा भण्डारी/सेतोपाटी झाँकीहरू । मेलम्ची–९ मा रहेको सातधारा दुप्चेश्वर महादेव मन्दिरमा विभिन्न ठाउँबाट आएका बोम्बो झाँकीहरू। तस्बिरः किरण थापा/रासस देवघाटमा भक्तजनको भीड । माघे सङ्क्रान्ति पर्वमा तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटमा भक्तजनको भीड। तस्बिरः कृष्ण न्यौपाने/रासस क्रुजसिप । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नेपालकै पहिलोपटक सञ्चालनमा आएको क्रुजसिप। तस्बिरः टेकराज पोखरेल/रासस विमान दुर्घटनास्थल । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनास्थल अवलोकन गर्दै सर्वसाधारण। तस्बिरः राधिका कंडेल/रासस