सामान ढुवानी गर्दै खच्चड । मुगुको सदरमुकाम गमगढीबाट मुगूम कार्मारोङ गाउँपालिकातर्फ दैनिक उपभोग्य सामग्री लिएर जाँदै गरेका खच्चडहरू। यहाँ यातायात सेवा सञ्चालन नहुँदा घोडा, खच्चडको भरमा ढुवानी गर्नुपर्ने बाध्यता छ। तस्बिर: रामदेवी खड्का, रासस
पाल्चेखोला र ब्यासीगाडको बीचको अप्ठ्यारो भूभाग । डोल्पा काइके गाउँपालिकाको पाल्चेखोला र ब्यासीगाडको बीचमा अवस्थित अप्ठ्यारो भूभाग र पृष्ठभूमिमा भेरी नदी। दुनैबाट उपल्लो डोल्पा जाँदाआउँदा भेरी नदीको किनार हुँदै यस्ता बाटा दुई दर्जनभन्दा बढी यात्रा गर्न स्थानीय नागरिक बाध्यता छन्। सडक डिभिजन चौरजहारीले यो सडक निर्माणका लागि अध्ययन भने सुरू गरेको छ। तस्बिरः हेमन्त केसी/ रासस
प्रदेश सभा बैठक । प्रदेश नं १ को प्रदेश सभाको शनिबार बसेको बैठकमा राष्ट्रिय गानमा सम्मान जनाउँदै सभामुख बाबुराम गौतम र प्रदेश सभा सदस्यहरू। तस्बिर : मनोज दाहाल/रासस
ब्रम्हा उद्यानमा पर्यटक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ४ नालास्थित महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले निर्माण गरेको दश अवतारको ब्रम्हा मूर्तिसहितको ब्रम्हा उद्यानमा शनिबार घुम्न पुगेका आन्तरिक पर्यटक। समाजले एक करोड २० लाख ५० हजारमा निर्माण गरेको उद्यानको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। तस्बिरः पेमा लामा, रासस