राष्ट्रपति भण्डारी साझा बसमा सरर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार शीतलनिवासबाट साझा बस चढेर ललिपुरको पाटन ढोकासम्मको यात्रा गरेकी छन्। तस्बिर: नवीन खड्का/रासस
पञ्चायन सिमसार क्षेत्र । सुनसरीको रामधुनी-७ स्थित पञ्चायन सिमसार क्षेत्र। पर्यटक आकर्षित गर्न पञ्चायन सामुदायिक वन उपभोक्ता समूहले सिमसारको शाैन्दर्यीकरण गरिरहेकाे छ। तस्बिर: नवीन गड्तौला/रासस
आलुखेतीका ड्याङ । काठमाडौंको शंखरापुर नगरपालिका– ५, साँखुको पालुवा बारीमा ड्याङ बनाएर किसानले गरेको आलुखेती। तस्बिर: हरिराम भेटुवाल/रासस
व्यावसायिक मौरीपालन । बागलुङको जैमिनी नगरपालिका–७, जैदीस्थित अगुवा मौरीपालक किसान मोहोराजको घरमा व्यावसायिक रुपमा पालन गरिएको मौरी रेखदेख गर्दै उनकी बुहारी शर्मिला शर्मा। तस्बिर: खेमराज गौतम/रासस
जोखिमपूर्ण यात्रा । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित जुम्लारोडमा बसको छतमा जोखिमपूर्ण यात्रा गर्दै यात्रु। तस्बिरः सुरेश आचार्य/रासस