कौरा प्रतियोगिता: । तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको कौरा प्रतियोगितामा नृत्य गर्दै ऋषिङ वडा नम्बर १ का महिला कलाकार। सात समूहलाई पछि पार्दै वडा नम्बर १ प्रथम भएको थियो। तस्बिर: पूर्ण विके/रासस
प्रदर्शनीमा स्याखु । 'अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको प्रवर्द्धन गरौं' भन्ने नाराका साथ तनहुँको दमौलीमा नेपाल आदिवासी जनजाति महासंघ तनहुँ जिल्ला समन्वय परिषदद्वारा आयोजित पाँचौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवम् पर्यटन महोत्सवमा गुरूङ जातिले प्रदर्शनीका लागि ल्याएको स्याखु। शुक्रबारदेखि सुरू भएर माघ ३ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। तस्बिर: मिला दरै/रासस
एक महिने लामो माधवनारायण ब्रत सुरू । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा स्नान गर्दै ब्रतालु। एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधव नारायणको व्रत एवम् मेला सुरू भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
तोरीमा औषधी छर्किँदै । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१२ मा तोरी बालीमा औषधी छर्कंदै किसान। हुस्सु र कुहिरोबाट तोरी बालीलाई बचाउन किसानहरूले तोरीमा औषधी छर्ने गर्दछन्। तस्बिर: राजु चापागाईं/रासस
चिटिक्क सिँगार्दै बाह्र कुने दह र मन्दिर । दाङको घोराही–१३ सेवारमा रहेको बाह्र कुने दह र मन्दिर चिटिक्क श्रृंगार्दै। माघी सङ्क्रान्तिको दिन यहाँ मेला लाग्ने गर्दछ। तस्बिर: रञ्जिता अधिकारी/रासस