प्रार्थना गर्दै दुई बौद्ध भिक्षु । काठमाडौँको स्वयम्भुनाथमा प्रार्थना गर्दै दुई बौद्ध भिक्षु | तस्विर : नवीनबाबु गुरूङ /सेतोपाटी
रुद्रपुर गढी बजार । पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका-५ मा रहेको रुद्रपुर गढी बजार। राजा मणिमुकुन्द सेनको समयदेखि यहाँ बसोबास रहेको किम्वदन्ती छ। तस्बिर:राजु चापागाईं/रासस
एकीकरण पदमार्गको यात्रामा निस्किएको सेनाको टोली । गोरखाबाट तत्कालीन नेपाल एकीकरणको पदमार्गमा पदयात्रा गर्न निस्किएको नेपाली सेनाको टोली। बिहीबार गोरखा दरबारस्थित हनुमान चौताराबाट सुरू भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म पुगेर टुङ्गिनेछ। तस्बिर: दीपक श्रेष्ठ/रासस
गाग्री बनाउँदै कालीगढ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित कोवाहालस्थित गाग्री उत्पादन उद्योगमा पित्तलको गाग्री बनाउँदै कालीगढ। गाउँका अधिकांश घरमा पित्तल तथा तामाका गाग्रीमा खानेपानी भरेर राख्ने गरिन्छ। तस्बिर: राजकुमार पराजुली/रासस
पाण्डेका बुवासँग भेट गर्दै प्रम प्रचण्ड । कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार मृत्यु भएका निराकर पाण्डेका बुवा अग्नि पाण्डेसँग बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)। भेटमा उपस्थित मन्त्रीलगायत। तस्बिरः प्रदीपराज वन्त/रासस