मुस्ताङमा साइक्लिङ । मुस्ताङको कागबेनी क्षेत्रमा इटालियन पर्यटकलाई साइक्लिङ गराउँदै नेपाली गाइड राकेश मानन्धर। तस्बिर सौजन्य: रञ्जन राजभण्डारी ।
प्रवेशद्वारको रूपमा रहेका पुल । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रूपमा रहेका भेरी नदीमाथि बनेको पुल। तस्बिरः सुरेश आचार्य/रासस
माछा समात्न जाल हान्दै । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका स्थानीय बासिन्दा पोखरीमा पालिएका माछा निकाल्न जाल हान्दै। माछापालन गरी यस क्षेत्रका किसानले आम्दानी लिन थालेका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आगो ताप्दै । रूकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरू। लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम(पूर्व) मा चिसो निकै बढेको छ। तस्बिर: सर्जना कार्की, रासस
बञ्जी जम्पका लागि झोलुङ्गे पुल । गुम्बाको सहर भनेर चिनिने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जी जम्प खेल सञ्चालनका लागि ३७६ मिटर लम्बाइमा निर्माण गरेको झोलुङ्गे पुल। पुल आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको हो। तस्बिर:देवराज सुवेदी/रासस