आजका तस्बिर- पुस १९
आजका तस्बिर- पुस १९
रेडियोकलर जोडिएको गिद्ध ।  पूर्वी नवलपरासीको कावासोती–१३ मा रहेको जटायु रेष्टुरेन्टमा उड्ने तयारीमा रहेको रेडियोकलर जोडिएको गिद्ध। पखेटामा जोडिएको रेडियोकलरले गिद्धको अवस्था जानकारी दिन सहयोग गर्छ। तस्बिर: राजु चापागाईं/रासस
आजका तस्बिर- पुस १९
थकाइ मार्दै ।  रूकुम(पूर्व) को सिस्ने गाउँपालिका-१ भट्टेचौरकी एक किशोरी स्याउला लिएर घर फर्कंदै गर्दा भारी बिसाएर थकाइ मार्दै। तस्बिरः सर्जना कार्की, रासस
आजका तस्बिर- पुस १९
नर्सरीमा हुर्काइएको बिरूवा ।  डिभिजन वन कार्यालय नुवाकोटको नर्सरीमा हुर्काइएको चाँप, निमलगायत विभिन्न प्रजातिका बिरूवा। डिभिजन वन कार्यालयले यो आर्थिक वर्षमा एक लाख बोट बिरूवा उपभोक्तालाई निःशुल्क वितरणका लागि बिरूवा उत्पादन गरिरहेको छ। तस्बिर: रामहरि न्यौपाने, रासस
आजका तस्बिर- पुस १९
अधिकारी चौर गाउँ ।  ढोरपाटन नगरपालिका–५ मा रहेको रमणीय अधिकारी चौर गाउँ र गाउँलेले प्लास्टिक टनेलमा गरेको तरकारी खेती। यहाँका अधिकांश स्थानीय तरकारी खेतीमा आवद्ध छन्। तस्बिर: डम्मर बुढा मगर, रासस
आजका तस्बिर- पुस १९
ढल हाल्दै ।  चक्रपथ सडक विस्तार आयोजनाअन्तर्गत टोखा नगरपालिका वडा नं ९ को गोङ्गबुमा मङ्गलबार ढलको ह्युम पाइप डोजरले राख्दै। यस गोङ्गबुमा आयोजनाले ढल हाल्ने काम गरिरहेको छ। तस्बिर: हरिराम भेटुवाल, रासस
प्रतिक्रिया दिनुहोस्