आजका तस्बिर- पुस १८
आजका तस्बिर- पुस १८
टोड्केबाट देखिएको धौलागिरि हिमाल र स्वर्गाश्रम ।  म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्केबाट देखिएको धौलागिरि हिमाल र स्वर्गाश्रम धाम। मौसम सफा भएको बेला टोड्केबाट धौलागिरि, निलगिरि लगायतका ७ वटा हिमालको अवलोकन गर्न सकिन्छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- पुस १८
लभ पार्क ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा रहेको पर्यटकीय क्षेत्र गुफाडाँडामा निर्माण गरिएको लभ पार्क। तस्बिर: रूपक पुरी/रासस
आजका तस्बिर- पुस १८
बाँस ल्याउँदै ।  भोजपुर जिल्लाबाट कोसी नदीबाट बिक्रीका लागि बाँस ल्याउँदै सुनसरीको चतराका कामदार। जोखिमका साथ उक्त बाँस ढुवानी गरेबापत एक हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने गरेका छन्। तस्बिर: मनोज दाहाल/रासस
आजका तस्बिर- पुस १८
जोखिम मोलेर अरुण नदी तर्दै ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङटारस्थित लम्सुवाघाटमा पक्की पुल नहुँदा डुङ्गामा जोखिम मोलेर अरुण नदी तर्दै भोजपुरको षडानन्द नगरपालिका-६, मच्छेटारका विद्यार्थी । तस्बिरः भविन कार्की/रासस
आजका तस्बिर- पुस १८
गुफाडाँडामा आन्तरिक पर्यटक ।  सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर: देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्