आजका तस्बिर- पुस १६
आजका तस्बिर- पुस १६
परीक्षा दिँदै विद्यार्थी ।  बझाङको खप्तडछान्ना गाउँपालिका ७ महेश्वरी माविका विद्यार्थीहरू परीक्षा दिँदै। यस विद्यालयमा बझाङ र बाजुराका आठ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। तस्बिर: भूमिराज पिठातोली,रासस
आजका तस्बिर- पुस १६
पर्यटकीय स्थल खटाङ ।  सुर्खेतको गुर्भाकोट नगरपालका–८, मेहेलकुनामा चारैतिर भेरी नदीले घेरिएर रहेको पर्यटकीय स्थल खटाङ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- पुस १६
बुढापाकाहरू देउडा खेल खेल्दै ।  सुर्खेतको बराहताल गाउँपलिका–४ तरङ्गामा देउडा खेल खेल्दै स्थानीय बासिन्दा। संस्कृति जोगाउन यहाँको बुढापाकाहरूले समय–समयमा देउडा खेल खेल्ने गर्दछन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- पुस १६
डुङ्गा खियाउँदै ।  नवलपुर र चितवन भएर बग्ने नारायणी नदीमा डुङ्गा खियाउँदै मध्यविन्दु–३ का बोटे समुदायका मानिस। नदीमा माछा मार्न, घाँस–दाउरा ल्याउन तथा नदी वारपार गर्नका लागि डुङ्गाको प्रयोग गर्दै आएका छन्। तस्बिरः टेकराज पोखरेल/रासस
आजका तस्बिर- पुस १६
ओझेलमा बराह ताल ।  सुर्खेतको बराह ताल गाउँपलिका–४ तरङ्गामा रहेको बराह ताल। यातायात सञ्जाल नजोडिँदा पर्यटनको राम्रो सम्भावना भएता पनि उक्त ताल ओझेलमा परेको छ। तस्बिर: सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्