आजका तस्बिर- पुस १५
आजका तस्बिर- पुस १५
तमु ल्होसारको उद्घाटन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पानसमा बत्ती बालेर र बेलुन उडाएर तमु ल्होसारको उद्घाटन गरेका छन्। गुरूङ समुदायले आज तमु ल्होसार मनाउँदै छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस १५
प्रतीकात्मक घर ।  तमु ल्होसारको उपलक्ष्यमा गुरूङ समुदायका व्यक्तिहरूले टुँडिखेलमा प्रदर्शनका लागि लैजाँदै प्रतीकात्मक घर। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- पुस १५
कवि शिरोमणि पौडेलको जन्मघर ।  कास्कीको अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर। उनी जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ। तस्बिरः ऋषिराम बराल/रासस
आजका तस्बिर- पुस १५
भिरको सडकमा जोखिमपूर्ण यात्रा ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेसीदेखि लेकगाउँ जाने सडकखण्ड अन्तर्गत अक्करे पहाडमा निर्माण गरिएको सडकको ट्र्याकमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण। यहाँ भिरको पुछारदेखि शिरसम्म ११ वटा घुम्ती बनाएर सडकको ट्र्याक निर्माण गरिएको छ। तस्बिर:कमल खत्री/रासस
आजका तस्बिर- पुस १५
सूर्यास्तको दृश्य ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकास्थित ब्रम्हस्थानघाटबाट देखिएको सूर्यास्तको दृश्य । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यहाँ पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ। तस्बिरः टेकराज पोखरेल/रासस
प्रतिक्रिया दिनुहोस्