झोलुङ्गे पुल । बागलुङको कुँडुले र म्याग्दीको रत्नेचौर जोड्ने गरि निर्माण गरिएको ३८८ मिटर लामो झोलुङ्गे पुल। तस्बिर: डम्मर बुढा मगर, रासस
बुदुने एकीकृत बस्ती । वि.सं. २०७२ को भूकम्पको कारण नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनीबाट विस्थापित भएका परिवार राख्न तादी–३ खरानीटारमा निर्माण गरिएको बुदुने एकीकृत बस्ती। दातृ निकायसँगको साझेदारीमा सरकारले विस्थापित परिवारका लागि जग्गा खरिद गरेर यहाँ करिब एक सय परिवारलाई पुनर्स्थापना गरिएको छ। तस्बिर: रामहरि न्यौपाने, रासस
खुलेको हिमाल । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमबाट देखिएको गुर्जा र चुरेन हिमाल। धौलागिरि पदमार्गले समेटिएको ताकमबाट मनोरम हिम शृंखलाको अवलोकन गर्न सकिन्छ। तस्बिर: कमल खत्री/रासस
सिँचाइ गरिँदै । सुर्खेतको वीरेन्द्रनगर–३ स्थित कृषि फर्ममा फिरफिरेको प्रयोग गरेर सिँचाइ गरिँदै। तस्बिरः सुरेश आचार्य/रासस