हामी पनि माननीय । प्रतिनिधि सभा र प्रदेश सभातर्फका समानुपातिक सांसदहरू निर्वाचित भएको प्रमाण पत्र लिन आयोग परिसरमा पुगेका माननीयहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ढुंगाखानी । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालन गरिएको ढुंगाखानी। बस्तीनजिक ढुंगाखानी सञ्चालन गरिँदा त्यस वरपरका घरहरू जोखिममा परेको स्थानीयबासीको गुनासो छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आहा ! घुमाउने घरमा लहरै मकैको झोट्टा । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको यस पुरानो घुमाउने घरमा मान्छेहरू नबस्दा संरक्षणको अभावमा खण्डहर बन्दै। तस्बिर: सुमनजंग थापा/रासस
मर्स्याङ्दी जलविद्युत केन्द्र । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्र। ६९ मेगावाट विद्युत उत्पादन क्षमता भएको सो केन्द्रमा जाडो बढेसँगै ४० मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुँदै आएको छ। तस्बिरः मिला दरै/रासस