जावलाखेल मैदानमा चिरीबाबु । ललितपुर महानगर स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा शुक्रबार जावलाखेल मैदानमा भएको महानगरका जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगितामा बल अगाडि बढाउँदै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन। तस्बिरः निशा भण्डारी/सेतोपाटी
कञ्चनजंघा लोकर्माग र कञ्चनजंघा हिमाल । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-४ पेदाङबाट देखिएको कञ्चनजङ्घा लोकर्माग र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल। कञ्चनजङ्घा हिमालको फेदसम्म पुग्ने कञ्चनजङ्घा लोकमार्गको अहिले सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खे गाउँमा 'ट्र्याक' खोल्ने काम भइरहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
माछा बेच्दै व्यापारी । सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा स्थानीय माछा बेच्न बसेका व्यापारी। तस्बिर:नवीन गड्तौला/रासस
पुस लागेसँगै मौसममा परिवर्तन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित कोटेश्वर, तीनकुने सडक खण्ड। पुस लागेसँगै उपत्यकामा चिसो बढेर मौसम परिवर्तन भएको छ। तस्बिर: रोशन सापकोटा/रासस
काठको मोटरेबल पुल । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको साँवा र पापुब जोड्ने मेवाखोलामाथि यातायातको साधन सञ्चालन गर्न निर्माण गरिएको काठको पुल। तस्बिर: सन्तोष पुर्कुटी/रासस