धुलाम्मे सडक । दाङको एक पहाडी गाउँपालिका बंगालाचुलीबाट घोराहीतर्फ गुडिरहेको बस। पिच नभएकाले सडक धुलाम्मे बनेको छ। तस्बिर:नारायण खड्का/सेतोपाटी।
सुन्दर बंगलाचुली । प्यूठान र रोल्पा जिल्लासँग सीमाना जोडिएको दाङको पहाडी गाउँपालिका वडा नं. ५ मा देखिएका केही घर र पृष्ठ भूमिका देखिएका हिमश्रृंखला। तस्बिर: नारायण खड्का/सेतोपाटी ।
किताब सार्वजनिक । बिहीबार बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवसको उपलक्ष्यमा इन्द्रजात्राको किताब सार्वजनिक गर्दै काठमाडौं मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरीबाबु महर्जन, काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य र काठमाडौं-२ की नवनिर्वाचित सांसद सोबिता गौतम। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सूर्यास्त र पोखरी । सप्तरी राजविराजको छिन्नमस्ता भगवती सखडा मन्दिरको पोखरी किनारबाट देखिएको सूर्यास्तको दृश्य । तस्बिरः चन्द्रदेव साह, रासस
जापानले गर्यो रामचन्द्र पौडेललाई सम्मान । जापान सरकारले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेललाई सम्मान गरेको छ। जापानले 'ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन' विभूषणबाट आज पौडेललाई सम्मान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी