मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रमुखहरूलाई माला । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलाई लगाइदिन राखिएको बीस/बीस किलोको माला। तस्बिरः नारायण खड्का/सेतोपाटी
एकीकृत नमूना बस्ती । बागलुङको काठेखोला गाउँपालिका–५ काउलेमा भूकम्प र पहिरोबाट विस्थापित भएका दस घरपरिवारको पुनर्स्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निर्माण गरिएको एकीकृत नमूना बस्ती। तस्बिर:रामबहादुर थापा/रासस
काठेपुलबाट यातायातको साधन सञ्चालन । गत असोजकोे अविरल वर्षासँगै आएको बाढीले कालिकोटको भैँसेगौडामा निर्माण गरेको पक्कीपुल बगाएपछि स्थानीयवासीले आफूहरू आवतजावत गर्न र सवारी साधन सञ्चालनका लागि निर्माण गरेको काठेपुल। तस्बिरः पुष्पराज भट्टराई/रासस
आहारा खोज्दै परेवाको बथान । सुर्खेतको वीरेन्द्रनगर–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान। धान भित्राइसकेपछि खसेको धान खान परेवा बथानसहित आउने गर्दछन्। तस्बिरः सुरेश आचार्य,रासस
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट देखिएको कुम्भकर्ण हिमाल। मन्दिर परिसरबाट कुम्भकर्ण लगायतका दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ।तस्बिर : सन्तोष पुर्कुटी
काठमाडौंमा आइपुगे विवेक ओवराय । बलिउड अभिनेता विवेक ओवराय काठमाडौं आइपुगेका छन्। बुधबार साँझ उनी परिवारसहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी