विमानस्थल र हिमाल । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै देखिएको हिमशृंखला। तस्बिर : नवीनवाबु गुरुङ/सेतोपाटी
हाट बजार । ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेमा मङ्गलबार लागेको हटियामा बिक्रीका लागि राखिएका प्याजको बिरुवालगायत स्थानीय तरकारी। तस्बिरः सन्तोष पुर्कुटी/रासस
टेको प्रयोग गरि घर उठाइँदै । महोत्तरीस्थित जलेश्वरमा रहेको करिब एक सय वर्ष पुरानो घरमा टेको प्रयोग गरि जमिन सतहभन्दा माथि उठाइँदै। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
गुइँठा । मोरङको जहदा गाउँपालिकाका स्थानीयले खाना पकाउनका लागि घाममा सुकाएको गोबरको गुइँठा। तस्बिरः मोहम्मद सदरूल/रासस