आजका तस्बिर- मंसिर २५
आजका तस्बिर- मंसिर २५
प्रदर्शनीमा हस्तकलाको सामग्री ।  नेपाल हस्तकला महासंघले बौद्धमा आयोजना गरेको १८ औं हस्तकला प्रदर्शनी तथा प्रतियोगितामा राखिएको सामग्री। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- मंसिर २५
झोलुङ्गे पुल ।  बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने ५६७ मिटर लम्बाई भएको नेपालकै लामो झोलुङ्गे पुल। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- मंसिर २५
भलिबल कोर्ट ।  बैतडीको सुन्दरखालीमा आइतबारदेखि सुरू हुने अन्तरपालिका भलिबल प्रतियोगिताका लागि बनाइएकाे भलिबल काेर्ट। तस्बिर: विनाेद सिंह विष्ट/रासस
आजका तस्बिर- मंसिर २५
सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भर ।  भेरी नगरपालिका–११ स्थित कार्की गाउँ, महतारा गाउँमा आकाशे पानीको भरमा लगाएको गहुँबाली। सिँचाइ सुविधा नहुँदा यहाँका सर्वसाधारणहरू आकाशे पानीको भरमा खेती गर्दै आएका छन्। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर २५
शान्ति मिसनका टोली फर्किँदै ।  उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली (शा.से) दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दै। यो टोलीमा अधिकृत तथा अन्य दर्जाका २१३ जना सहभागी रहेको जनाएको छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- मंसिर २५
सिङ्जेमा ताल ।  ताप्लेजुङको ओलाङचुङगोलास्थित ४ हजार ७ सय मिटरमा अवस्थित सिङ्जेमा ताल। तस्बिरः राजन लिम्बू
प्रतिक्रिया दिनुहोस्