नेपालगञ्ज म्याराथन विजेता खड्का । शनिबार आयोजित ४२ किलोमिटर दुरीको नेपालगञ्ज म्याराथन उपाधी दुई घण्टा २० मिनेटमा पुरा गर्दै विजेता बनेका नेपाली सेनाका खडगबहादुर खड्का। तस्बिर: भेषराज बस्नेत/रासस
इन्द्रसरोवर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– १ मार्खुस्थित कुलेखानी जलविद्युत् परियोजनाको मानव निर्मित सबैभन्दा ठूलो जलाशय। तस्बिर: हरिराम भेटुवाल/रासस
फेरीबाट सवारीसाधन तार्दै । भोजपुरलाई उत्तरी क्षेत्रबाट संखुवासभासँग जोड्ने अरुण नदीको सतीघाटान फेरीको सहायताले सवारीसाधन तार्दै। यस क्षेत्रमा पुल नबन्दा स्थानीयले सास्ती भोग्दै आएका छन्। तस्बिर: युवराज विष्ट/रासस
स्काई ब्रिज । नेपालको साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्वत कुस्मामा कालीगण्डकी नदीमाथि सिसाबाट बनेको स्काई ब्रिजमा रमाउँदै आन्तरिक पर्यटक। यस स्काइ ब्रिज कालीगण्डकी नदीमा २ सय ५० मिटर माथि छ। तस्बिर: सुमनजंग थापा/ रासस