आजका तस्बिरहरू- मंसिर २१
आजका तस्बिरहरू- मंसिर २१
सर्वोच्चमा चहलपहल ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध लागेको महाअभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयले पत्र पठाएपछि अदालतमा हाजिर हुन लागेका राणालाई रोक्न सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरहरू- मंसिर २१
कुदुस्थित फाँटमा निर्माण भएका घर ।  भेरी नगरपालिका–१३ कुदुस्थित फाँटमा निर्माण भएका घर। सडकले छोएको ठाउँमा पक्की घर निर्माण भएका छन् भने गाउँमा कच्ची घर रहेका छन्। यो ठाउँ मध्यपहाडी लोकमार्ग र भेरी करिडोर दुबैले छोएको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिरहरू- मंसिर २१
तीन सय वर्ष पुरानो घर ।  पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर। यो घरमा ठूलो ढुंगे आँगन, पिँढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ। डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो। तस्बिर: सुमनजंग थापा/रासस
आजका तस्बिरहरू- मंसिर २१
चित्रा बुन्दै एक युवक ।  ताप्लेजुङको सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा चित्रा बुन्दै एक युवक। चित्रा गाईभैंसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिरहरू- मंसिर २१
दुम्सीको मूर्ति ।  तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको दुम्सीको मूर्ति। वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले यस ठाउँको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ। तस्वीर:कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्