काठमाडौंमा बढ्यो जाम । चुनाव सकिएर मान्छेहरू काठमाडौं प्रवेश गरेसँगै उपत्यकामा जाम बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सुकुम्बासी बस्ती तनावग्रस्त । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि तनावग्रस्त बनेको क्षेत्रमा नारा लगाउँदै एक स्थानीय। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
विजयी कार्कीलाई ३१ किलोको माला । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई सोमबार कावासोतीमा ३१ किलोको माला लगाएर स्वागत गरिँदै। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
पानीले भरिएको बाँध । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ को शिवपुरी राष्ट्रिय निकुञ्जभित्र अवस्थित पानीले भरिएको धाप बाँध। यो बाँध बागमती नदीमा हिउँदमा पानी बगाउन र बर्खामा परेको पानी जम्मा गर्ने ड्याम हो। बागमती सुधार परियोजनाअन्तर्गत निर्माण भएको हो। तस्बिर: हरिराम भेटुवाल/रासस
घुमाउरो सडक । भोजपुर सदरमुकामबाट नागबेली आकारमा घुमाउरो देखिएको पिखुवा खोला झर्ने सडक। तस्बिर: युवराज विष्ट/रासस