पहाड फेदका पुराना घर । जाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर। ढुंगा र माटोको सहायताले निर्माण गरी ढुंंगाले छाएका घरहरूमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ। तस्बिरः हेमन्त केसी/रासस
प्रदर्शनीमा राखिएका चित्रकला तथा मूर्तिकला । नेपाल कला परिषद्को आयोजनामा बबरमहलस्थित परिषद् भवनमा आइतबारदेखि सुरू ‘नेपालका देउताहरू’ नामक चित्रकला प्रदर्शनी। तस्बिर: रत्न श्रेष्ठ/रासस
सूर्यास्त । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–३ ब्रमस्थानको नारायणी किनारबाट देखिएको सूर्यास्त। तस्बिर: राजु चापागाई, रासस