यसरी काटिँदैछ सिनामंगल क्षेत्रमा रूख । काठमाडौं महानगरपालिकाले सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ। आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
झरना । जाजरकोटको नलगाड नगरपालिका–१२ स्थित रहेको तलछरा झरना। भेरी करिडोरको छेउ र भेरी नदीको किनारमा यो झरना भएकाले सबैको रोजाइमा पर्दै आएको छ। तस्बिर: हेमन्त केसी, रासस
भरतपुरमा बन्दै गरेको छ लेन सडक । भरतपुरमा छ लेनमा विस्तार भइरहेको पुल्चोक–गोन्द्राङ सडकको मिलनचोक क्षेत्र। यो सडक विस्तारको पचास प्रतिशत काम सकिएको छ। तस्बिर: कृष्ण आचार्य, रासस
मेलम्चीको पानी काठमाडौं पठाउन काम सुरू । मेलम्चीको पानी काठमाडौं पठाउन काम सुरू। वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरूङ बन्द गरिएको थियो। यसपालिको वर्षाले सुरूङमा क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। तस्बिरः देवराज सुवेदी/रासस