झुलुंगे पुलमा हामी । कीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
सिद्धपोखरीमा बोटिङ गर्दै पर्यटक । भक्तपुरको सिद्धपोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक र पोखरीमाथि उडिरहेको परेवा। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
बिक्री गर्न राखिएको क्युरियो सामग्री । विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल भक्तपुर दरबार स्क्वायर आसपास क्षेत्रमा बिक्री गर्न राखिएका ‘क्युरियो’ सामग्री। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
झोलुङ्गे पुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा । बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गे पुल। सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ। तस्बिरः खेमराज गौतम/रासस
चौरजहारी उपत्यकामा लागेको हुस्सु । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित नयाँ सहरको विकास भइरहको चौरजहारी उपत्यकामा लागेको हुस्सु। चिसो मौसममा यहाँ हुस्सु लाग्ने गर्दछ। तस्बिर: हेमन्त केसी/रासस