राप्रपाको चुनावी सभा । बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कलात्मक पहाड । उपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाड। यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गर्छन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
जीर्ण पुलमा जोखिम मोलेर यात्रा गर्दै नागरिक । नेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदी माथिको डेढ सय वर्ष पहिले बनेको पुल। सुदूरपहाडको मुख्य नाकामा रहेको यस जीर्ण पुलबाट आवतजावत गर्न नागरिक बाध्य छन्। तस्बिरः विनोद सिंह विष्ट/रासस
अन्न राख्न भकारी घरतर्फ लैजाँदै महिला । कञ्चनपुरको झलारी बजारबाट बाँसको भकारी खरिद गरी घर लैजाँदै महिला। बाँसको भकारी धान, गहुँलगायत अन्न राख्न प्रयोग गरिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
फाल्गुनन्दको शालिक अनावरण । सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्दको १३८ औँ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सदमुकाम फुङ्लिङ बजारमा फाल्गुनन्दको शालिक अनावरण गर्दै किराँत धर्म गुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ्मा लिङ्देन। तस्बिर: दिलकुमार लिम्बू/रासस