पानीले तालियो सडक । काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
फूलमा टिकटक बनाउन पुगेकाहरू । दाङको घोराही–१५, भरतपुरमा भाष्कर पंगेनीले व्यावसायिक रूपमा गरेको सयपत्री फूलखेतीमा टिकटक बनाउन पुगेका स्थानीयवासी। तस्बिर: रञ्जिता अधिकारी/रासस
दुई जिल्ला जोड्ने झोलुङ्गे पुल । धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटबाट देखिएको बागलुङ नगरपालिका–४, कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने ३८८ मिटर लामो निर्माणाधीन झोलुङ्गे पुल। तस्बिर: रामबहादुर थापा/रासस