नेपालमा खुल्यो ‘पम्प ट्र्याक’ । ‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
फापर केलाउँदै किसान । फापर केलाउँदै मुस्ताङका किसान। मुस्ताङ जिल्लामा उत्पादन हुने प्रमुख बालीमध्ये फापर थन्काउन अहिले यहाँका किसानालाई चटारो छ। तस्बिर:सुशीलबाबु थकाली, रासस
चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल । चितवन र तनहुँ जोड्ने देवघाटधामको झोलुङ्गे पुल। तस्बिरः कृष्ण आचार्य/रासस
जलाशयमा आहाराको खोजी गर्दै बकुला । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा मानव निर्मित कृतिम जलाशयमा आहाराको खोजी गर्दै बकुला। अहिले यो क्षेत्र सिमसारका रूपमा विकास हुँदै गएकाले जलधारी र पंक्षीहरूको बासस्थान बन्दै गएको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
आहा ! सुनौलो मनास्लु । सूर्योदयको घामको किरणले झुल्केको चामे मनाङबाट देखिने सुनौलो मनास्लु हिमाल। जसको उचाइ समुद्री सतहदेखि आठ हजार १६३ मिटर छ। तस्बिर: नवीन लामिछाने/रासस