फूलबारीमा बालिका । काठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
निर्वाचन सामग्री । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमा डोल्पाको सदरमुकाम दुनै ल्याइएको निर्वाचन सामग्री। तस्बिरः हेमन्त केसी/रासस
अक्टुपस झरना । काठमाडौंबाट मनाङ जाने क्रममा मनाङ र लमजुङको सिमानामा अवस्थित अक्टुपस झरना पुगेका राइडर। तस्बिरः नवीन लामिछाने/रासस
हेम्जा बजार । पोखरा महानगरपालिका–२५, हेम्जा बजार र बजारको बीच हुँदै गएको मध्यपहाडी राजमार्ग। तस्बिर: कृष्ण दवाडी/रासस
मानुङकोटमा आन्तरिक पर्यटक । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक। सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस