छतमा सुकाइएका खुर्सानी । डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्। तस्बिर: हेमन्त केसी, रासस
मनास्लु हिमाल । गोरखा र मनाङको सिमानामा रहेको मनास्लु हिमालको मनाङतर्फबाट खिचिएको रमणीय दृश्य। यो हिमालको उचाइ ८ हजार एक सय ६३ मिटर छ। तस्बिरः नवीन लामिछाने, रासस
अलैँची बिक्री गर्न लैजाँदै किसान । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाटरमा अलैँची बिक्री गर्न लैजाँदै एक किसान। अहिले ताप्लेजुङमा अलैँची प्रतिमन (४० केजी) को २७ हजार रुपैयाँमा खरिदबिक्री हुँदै आएको छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
झुलुंगे पुल । सुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ तरङ्गामा भेरी नदीमाथि रहेको झुलुंगे पुल। तस्बिर: सुरेश आचार्य, रासस
बिक्रीका लागि राखिएको बाँसको चोयाबाट निर्मित सामग्री । सुर्खेतको वीरेन्द्रनगर बजारमा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट हातले निर्मित सामग्री। तस्बिरः सुरेश आचार्य/रासस