तिहारको रमाइलो: । कीर्तिपुरको नगाँउ दोबाटोमा घरको छतमा बसेर झिरझिरे बाल्दै एक बालिका। तस्बिर: नारायण महर्जन/सेतोपाटी।
भुर्जुङखोला बजार । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सुन्दर भुर्जुङखोला बजार। पक्की सडक पूर्वाधार विकाससँगै यहाँ केही वर्षदेखि सहरीकरण बढेको छ। तस्बिर: कृष्ण दवाडी/रासस
पाथीभरा र कुम्भकर्ण । ताप्लेजुङको सुकेटार विमानस्थलबाट देखिएको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर र कुम्भकर्ण हिमाल। तस्बिर: दिलकुमार लिम्बू/रासस
स्नान गर्दै पर्यटक । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिर अगाडिको पोखरीमा स्नान गर्दै विदेशी युवती। यहाँ डुबुल्की लगाएर स्नान गरे मुक्तिप्राप्त हुन्छ भन्ने जनविश्वास छ। तस्बिर: ध्रुवसागर शर्मा,रासस