कुकुर पूजा । नेपाल आर्मी र नेपाल प्रहरीले विशेष कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरेको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
निर्माणपश्चात् भत्किएको कमला पुल । धनुषा र सिरहालाई जोड्ने निर्वाचन क्षेत्र नं.१ मा पर्ने निर्माणपश्चात् भत्किएको कमला पुल। हाल धनुषा र सिराहाका सर्वसाधारण जनता पुलको निर्माण सम्पन्न भए पनि पूर्ण रूपले आवतजावत गर्न नसक्ने भएपछि बाँस जोडेर पुलको सदुयोग गर्दै। अहिले त्यस क्षेत्रका नेताहरूका लागि यो पुल मुख्य मुद्दा बनेको छ। तस्बिर: चन्द्रदेव साह/रासस
बिक्रीका लागि मुस्ताङबाट बागलुङ ल्याइएको च्याङ्ग्रा । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले तिहारमा बिक्री गर्न मुस्ताङबाट बागलुङ बजारमा ल्याइएका च्याङ्ग्रा। शर्माले दसैंमा ६७ वटा च्याङ्ग्रा बिक्री गरेका थिए भने तिहारलाई ५१ वटा च्याङ्ग्रा ल्याएका छन्। तस्बिरः खेमराज गौतम/रासस
मादल व्यापारी । भारतको लखनऊबाट मादल बिक्री गर्न दमकचोक आइपुगेका व्यापारी। तस्बिरः यज्ञराज आङ्देम्बे/रासस
खेतीयोग्य फाँटमा घरहरूले भरिँदै । पर्वतको सदरमुकाम कुश्मा पारी ज्ञादीमा अवस्थित समथर खेतीयोग्य जमिन बिस्तारै घरले भरिँदै गएको छ। तस्बिर: सुमनजङ्ग थापा/रासस
झिलिमिली पोखरा । पोखराको पुम्दिकोटबाट लक्ष्मीपूजाको दिन देखिएको पोखरा सहर। तस्बिरः सुसन चौधरी/सेतोपाटी