दूध पोखरी । संखुवासभा जिल्लाको मकालुको आधार शिविरमा अवस्थित प्रसिद्ध दूध पोखरी। बरुण नदीको मुहान यो पोखरी पार गरेरमात्रै आरोहीहरू मकालु चढ्छन्। मकालु विश्वको पाचौँ अग्लो हिमाल हो। तस्बिरः विराट अनुपम/रासस
काठको घर । नुवाकोटको किस्पाङ गाँउपालिका–५ मा निर्माण गरिएको काठको घर। विसं २०७२ को भूकम्पपछि भूकम्प प्रतिरोधी घर निर्माणका क्रममा नुवाकोटका विभिन्न स्थानमा करिब १०० परिवारले काठैकाठ प्रयोग गरेर घर निर्माण गरेका छन्। तस्बिर: रामहरि न्यौपाने/रासस
थ्रेसरको प्रयोगबाट धान र पराल छुट्याउँदै किसान । सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुनाका किसान थ्रेसरमार्फत धान र पराल छुट्याउँदै। आधुनिक प्रविधिका कारण पछिल्लो समय किसानलाई खेती गर्न सहज भएको छ। तस्बिरः सुरेश आचार्य/रासस
रमाइलो चोलुङ पार्क । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर– ३ मा रहेको चोलुङ पार्क। यहाँ मौसम खुलेसँगै यो पार्क हेर्न आउने आन्तरिक पर्यटक बढ्न थालेको छ। तस्बिर: बाला भट्टराई/रासस
काठेपुल लगाउँदै सुरक्षाकर्मी र स्थानीयवासी । गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले जुम्लाको गुठीचौर गाउँपालिका– २ मा रहेको काठेपुल बाढीले बगाएपछि सो स्थानमा काठेपुल लगाउँदै सुरक्षाकर्मी र स्थानीयवासी। काठेपुल निर्माण भएपछि यहाँका स्थानीयबासीलाई राहत पुगेको छ। तस्बिर: विजय रावत/रासस