खाने है त! । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ। सरकारले आज र भोलि देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
खरी लगाइँदै । काठमाडौंको क्षेत्रपाटीमा रहेको मादल कारखानामा मादलमा खरी लगाउँदै एक व्यक्ति। तिहार नजिकिएसँगै मादलको व्यवसाय बढ्दै छ। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
बेतना सिमसारमा जलकुम्भी झार हटाइँदै । मोरङको बेलबारीमा रहेको बेतना सिमसारमा जलकुम्बी झार हटाएर सरसफाइ गर्दै कामदारहरू। बेतना सिमसार अन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिर: मणिराम दाहाल/रासस
माछा मार्दै । सुर्खेतको वीरेन्द्रनगरस्थित सानो सुर्खेतमा माछा मार्दै एक महिला। तस्बिरः सुरेश आचार्य/रासस
मखमली फूल बजार पठाउन तयारी । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा बजार पठाउन तयार गरेको मखमली फूलको माला। प्रतिमाला २२ देखि २५ रूपैयाँसम्म पर्ने किसान बताउँछन्। तस्बिर: चन्द्रकला क्षेत्री/रासस