नयाँ रंग । काठमाडौंको स्वयम्भु परिसरमा रहेको एक बुद्ध मुर्तिमा रंग लगाउँदै कामदारहरू। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
खुलेको मौसम । दाङको तुलसीपुर–३ राम्री क्षेत्रबाट देखिएको तुलसीपुर बजार क्षेत्रको पातुखोलाको फाँट। लगातार केही दिनको झरीपछि यतिखेर दाङको आकाश खुलेको छ। तस्बिरः नारायण खड्का/सेतोपाटी।
माछापुच्छ्रे हिमालको काखमा पोखरा रंगशाला । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेल प्रतिस्पर्धाका लागि रङरोगन गरेर चिटिक्क बनाएको पोखरा रंगशाला । पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल/रासस
रंगशालामै कुकुर । पोखरास्थित पोखरा रंगशालामा आयोजित ९ औं राष्ट्रिय खेलकुद उद्घाटन समारोहबीचमै कुकुर स्टेडियमभित्र छिरेपछि आयोजक टोलीले तानेर बाहिर लैजाँदै। तस्बिरः सुसन चौधरी/सेतोपाटी
उद्घाटन । ९ औं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति। तस्बिरः सुसन चौधरी/सेतोपाटी