आजका तस्बिर- असोज २६
आजका तस्बिर- असोज २६
खुल्यो हिमाल ।  बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल। हप्तादिनको झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असोज २६
पाथीभरा (मुक्कुमलुङ) जाने पदर्माग फाइवर ट्रस ।  ताप्लेजुङमा अवस्थित धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा जाने तीर्थारुको सहजताका लागि पदमार्गमा निर्माण गरिएको फाइवर ट्रस। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- असोज २६
पाला ।  तिहारको लागि भक्तपुरमा घाममा सुकाइएका पाला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २६
फेन्सिङ ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङमा भिड्दै नेपाल आर्मी र बाग्मती प्रदेश। तस्बिर: राधिका कँडेल/ रासस
आजका तस्बिर- असोज २६
लुकुम गाउँ ।  पूर्वी रूकुमको भूमे गाउँपालिका–१ मा अवस्थित लुकुमगाउँ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको माथिल्लोपट्टी रहेको लुकुम गाउँलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिँच्नहरूको यहाँ भीड लाग्ने गर्छन्। तस्बिर: डम्मर बुढा मगर/रासस
प्रतिक्रिया दिनुहोस्