आरनमा काम गर्दै । आरनमा काम गरिरहेका भीमदत्त नगरपालिका–६ का ६६ वर्षीय विष्णु लुहार। पाँच दशकभन्दा बढी समयदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः गोकुल जोशी/रासस
दिउँसै हेडलाइट बालेर गुडिरहेको जीप । महाकाली राजमार्गअन्तर्गत बैतडीको खिरेगाउँ सडक खण्डमा हेडलाइट बालेर गुडिरहेको जीप। गएरातिदेखिको निरन्तर वर्षाले यातायात सेवा प्रभाावित भएको छ। तस्बिरः विनोदसिंह विष्ट/रासस
दसैंमा सन्थाल समुदाय । मोरङको उर्लाबारी नगरपालिकामा रहेको सन्थाल समुदायले जातीय संस्कृतिलाई जगेर्ना गर्न दसैं मेलाको आयोजनामा हर्ष बढाइँ गरी दसैं मनाए। यसपटकको दसैंमा सन्थाल समुदायले उर्लाबारी–८ को आम्बारिमा मेलाको आयोजना गरी सो पर्व मनाएका हुन्। तस्बिरः कुमार खड्का/रासस
भारतको अयोध्याबाट ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा । भगवान रामचन्द्रको जन्मभूमि भारतको अयोध्याबाट शुक्रबार ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरम। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
बस अभावका कारण यात्रु अलपत्र । धादिङबेसीबाट काठमाडौं जाने बस अभावका कारण अलपत्र यात्रु। काठमाडौंबाट आउने बस नआएपछि यात्रु अलपत्र परेका हुन्। तस्बिरः सीताराम अधिकारी/रासस