गुरुवाको हातको टीका थाप्दै । शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका थारू समुदायकी युवती गुरुवाको घरमा पुगेर टीका थाप्दै। थारू समुदायमा वडघर, गुरुवालगायतको घरमा पुगेर टीका थाप्ने प्रचलन छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
नृत्य प्रस्तुत गर्दै नवदुर्गा देवगण । भक्तपुरको प्रसिद्ध ब्रह्मायणी शक्तिपीठमा बौ छ्वा (चिउराको ढुटो छर्ने) नृत्य प्रस्तुत गर्दै नवदुर्गा देवगण। यो नृत्य नवदुर्गा देवगणका भैरव, बाराही र महाकालीले गर्ने परम्परा छ। तस्बिरः लक्ष्मी गारू/रासस
राष्ट्रपति भण्डारी टीका तथा प्रसाद ग्रहण । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमा टीका तथा प्रसाद ग्रहण गर्दै। तस्बिरः रत्न श्रेष्ठ/ रासस
माटोबाट निर्माण गरेको दुर्गाको मूर्ति । विजया दशैंमीको अवसरमा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा माटोबाट निर्माण गरेको दुर्गाको मूर्ति। तस्बिरः अजितकुमार झा/ रासस
लहानको दुर्गा मन्दिरमा खोइँच भर्ने महिलाको भिड । लहानको दुर्गा मन्दिर शौभाग्यवती एवं सन्तानको कामना गर्दै खोइँच भर्ने महिलाको भिड। तस्बिरः लोकेन्द्र प्रसाद यादव/रासस