पिङ खेल्दै । तनहुँको व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा हालिएको लिङ्गेपिङ खल्दै सर्वसाधारण। व्यास नगरपालिका–३ को वडा कार्यालयको लगानीमा पिङ हालिएको हो। तस्बिर: कृष्ण न्यौपाने, रासस
माछापुच्छ्रे हिमाल । पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडा बेलबुट्टे क्षेत्रबाट देखिएको माछापुच्छ्र्रे हिमाल, फाँटमा पाक्ने अवस्थामा रहेको धान। तस्बिर: वासुदेव पौडेल, रासस
राष्ट्रपति भण्डारीले गरिन् शक्तिपीठको दर्शन । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बडादसैंको महाअष्टमीका दिन भद्रकाली देवीको दर्शन गर्दै। उनले गुहेश्वरी, मैतीदेवी, कालिका, संकटा, विजेश्वरी लगायतका शक्तिपीठको आजै दर्शन गरेकी थिइन्। तस्बिर: रत्न श्रेष्ठ, रासस
आरएस जुजु धौ बनाउँदै महिला । भक्तपुर नगरपालिका–२ व्यासीस्थित आरएस जुजु धौ सप्लार्यसमा कुछी भ्वय खानका लागि जुजु धौ बनाउन कटारामा दूध हाल्दै महिला। दसैं, तिहारलगायत विभिन्न चाडपर्वमा भक्तपुरको जुजु धौको माग उच्च हुनेगर्छ। तस्बिर: लक्ष्मी गारु/रासस
बाध्यताको यात्रा । दसैंको मनाउन जाँदा सवारी साधनको अभाव हुँदा बसको छतमा चढेर घर जाँदै गर्दा। वीरेन्द्रनगर सुर्खेतबाट पहाडी क्षेत्रमा यसरी कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यता छ। अप्ठ्यारो बाटोमा यात्रा गर्नुपर्ने हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ। तस्बिरः सुरेश आचार्य/रासस